चितवन जिल्लामा मृत्यु पछि दराई महिलाहरुले मात्र गरिने सालीन संस्कारहरु र तिजमा महादेवको अराधनाको लागि दरै भाषामा गीत
- विमला दराई, भ.म.न.पा. १५, मंगलपुर, चितवन, नेपाल
परिचय:
| विमला दराई |
त्यस खोलामा पुग्ने वित्तिकै गोबर कुचो खोलामा मृतकको नाम लिदै फाल्दछन् र
पिना लिने चेलीले पानीमा पिना मिलाउँछन् । त्यसपछि पिना लिने चेलीले त्यस घरको मृतक
पर्ने महिलालाई नुहाउन बोलाउँछन् । सबैभन्दा पहिलो मृतको श्रीमती भएमा त्यसलाई अघि
लाउछन् । खोलामा पुगेपछि पालै पालो सँग घरका मान्छे बुहारी छोरीहरुलाई तीन
अञ्जली पानी मात्र कपालमा दिन्छन् ।
त्यसपछि सबै गाउलेनि महिलाहरुलाई पनि घोलेको पिना तीन अञ्जलीको दरले सबैलाई
दिन्छन् र सबै भन्दा पछि गोबर लिने र पिना दिने चेलीमात्र हुन्छन् । तिनीहरु
पालैपालो सँग पिना दिने लिने गर्दछन् । त्यसपछि गोबर लिने चेलीले सबै गाउँलेनीहरु
मृतकको नाममा घाटको पानी चढाउन को निम्तकुनै बोटविरुवा को अल्ली ठूलो पात हेरी
टिपी ल्याउछन् । मृतकको श्रीमतीको चुरा
फुटाई दिन्छन् र नयाँ कपडा फेर्न लगाउँछन् यो कामगाउंले महिलाहरुले गर्छन् । सबैले
नुहाई सकेपछि पातल्याउने ले सबैको हातमा एक एक वटा दिन्छन् । त्यसपछि तिनै चेलीले
सबैलाई खोलाको छेउमा लाइन लगाई निउरी ल अब शुरु भनी तीन पटक सम्म पानी चढाउछन् र सबैजना महिलाहरु घाटबाट निष्कन्छन् ।अल्ली पर ठाऊ मिलेको बाटोमा पुगेपछि मृतकको घरको
परिवार अगाडि बस्नु पर्दछ । त्यसपछि सबै लाइन सँग उभिन्छन् अब बाटो छोर्ने
भनी निहुरी सबैले ल शुरु गुरु भन्छन् । पहिलो पटक दाहिने निहुरेको भए ए त्यस ठाउँको
दाहिने पट्टिको नजिकमा भएको झारपात वा डुङ्गा तीन पटक सम्म आफ्नो अगाडि फाल्दछन् ।
त्यसपछि सबैभन्दा पछि हुनेले त्यस ठाउँमा चिनो (ढुङ्गा वा काठ अलि धेरै) राख्दछन् ।
त्यसपछि अगाडि बढछन् । चिनो सम्म सब भन्दा पछिको जो छ त्यसले भयो भन्छनु (चिनो
देखियो) र देव्रेतिर फेरी निहुरी झारपातवा ढुङ्गा टिपि आफ्नै अगाडि फाल्दछन् ।
त्यसपछि फेरी सबैभन्दा पछि हुनेले फेरी चिनो राख्दछन् । बाँकी रहेका गाऊलेनि महिलाहरु
चाही धुप र सुनपानी लिएको व्यक्तिनिर गई आफ्नो नुहाउँदा भिजेका कपडाहरु लाई आफैले पनि
यो पानी (सुन) ले जिउमा छर्ने र मुख धुने गर्दछन् । उता बेलुकापख मृतकको घरको मूल
परिवारले दावा राख्ने कामलाई सबै सामाग्रीहरु जुटाउने गर्दछन् । बेलुकाको ७÷८ बजेतिर जस्तैः (जाड, भात(कनिका र अण्डामा पकाएको), पानी) सबै सामान लिई पहिलो मरेको मान्छे बस्ने सुत्ने ठाउँमा खरानी या
ओबानो धुलो लाई गोलाकार बनाई दुनामा एक एक गरी राख्छन् र त्यस दुनामा एउटामा भात अर्कोमा जाड र आर्कोमा पानी गरी राखी तिनै दुनामा त्यस गोलाकार बनाएको ठाउँमा
मिलाई लहरै राखिन्छ र त्यसलाई डोको ले छोपिन्छ । भोलि पल्ट राखेको सामान फालिन्छ
। यो कार्य ३ दिनसम्म गरिन्छ । यसै लाई दावा राख्ने भनिन्छ । अर्को ठाउँमा जुन बाटो
लास लगेको छ त्यसै ठाउँमा पनि त्यसै गरी सबै सामाग्रीलाई लिई राख्ने ठाउँलाई सफा
गरी एक एक गरी ३ ठाउँमा दुनामा मिलाई लाइन सँग राखिन्छ । छोप्ने कुराले छोपिन्छ
मृतकको घरमा बाँकी भएका कपडा या कुनै सामान छुटेको छ भने कि कसैलाई दान दिइन्छ कित
त्यसै ठाउँमा जलाई दिने गरिन्छ दावा सँगै जलायो भने मृतकले पाउछन् भन्ने पुरानो
भनाई पनि छ । त्यस पछि कृया गर्ने कामलाई अगाडि बढाइन्छ । कृया थाल्नुको अन्तिम दिनमा त्यस घरको चेलीहरु आउँछन् र त्यसै दिनमा चेलिले चामल पिठो बनाई केराको पातमा
रोटी पोल्ने गर्दछन् । जसलाई पाप्प्रो रोटी भनिन्छ ।
त्यसको भोलिपल्ट कृयाको दिनमा त्यसै घरको सबै चेलीले मात्र एउटा ठूलो
कराईमा तेलमा पालै पालोसँग रोटी पोल्ने गरिन्छ । यो काम रोटी आफ्ना आफन्तहरु कति छन्
अड्कल गरी मात्र रोटी पोलिन्छ । त्यस पछि सबै घर को एक एकजना गरी मृतकको घरको
चेलीहरु गरी सबै जना (घाटमा) खोलामा नुहाउन जान्छन् । त्यसबेला पहिले मरेको दिनमा
कस्ले पिना लिएको थियो त्यसैदिनमा फेरी त्यही चेलीले पिना लिनु पर्दछ साथै कृर्हेनीले रोटी पोलेको पात साथमा लगि पानीमा सेलाउछन् । अर्को चेली ले दुनामा तेल लिई
नुहाउन खोलामा पुग्दछन । त्यतिवेला तेल लिने चेलीले सबैलाई टाउकोमा लगाइदिन्छन् ।
त्यहाँ पुगेपछि पिना लिने चेलीले अलिकति पिना नभिजाई राख्दछन् र अरु चाहीँ पानीमा
घोल्दछन् । जब पिना मिच्दछ त्यस पछि पिना चेलीले घरको मान्छेलाई पालै पालो बोलाई ३
अन्जुली पिना दिने गरिन्छ । त्यसपछि चेलीहरु कति छन्, तिनीहरुले पिना लिन्छन्
अनि गाउँलेनिहरुले ३ अन्जुलीको दरले पिना लिन्छन् र सबैजना खोलामा नुहाउने गर्दछन् ।
सबैले नुहाउने सकेपछि नभिझेको पिनाको टुक्राले सबैलाई हान्छन् । र सबैले
फेरी मृतकको नाममा ३ अन्जुलीको दरले पानी चढाई (खोलाको पानी) हातखुट्टा मुखधोइ घर
फर्कन्छन् । उता त्यस घरमा मृतकको छोरा कृहेरले फुलौ राख्न तयारीमा हुन्छन् । त्यस
भन्दा अगाडि त्यसै घरको चेलीले गाईको गोबर ल्याई लिप्ने काम (फुलौ राख्ने ठाउँमा
मात्र) गर्दछन् ।
त्यसपछि कृहेरले मृतकको नाममा फुलौ राख्न थाल्दछ त्यस गाउँको गन्यमान्यहरुले
बताए बमोजिम फुलौको काम थाल्दछ । फुलौको काम सकिय पछि फेरी महिलाको काम शुरु हुन्छ
। त्यस फुलौमा त्यसै घरको चेली घर परिवार हरुले मात राख्ने काम शुरु गर्दछ । त्यस
पछि गाउँको सबै घरको गाउँलेनिहरु ले पनि भात राख्दछन् ।
भात राखीसकेपछि त्यस मृतकको घर को किरेहर्नी ले सबै महिलाहरुलाई बोलाई
मुङखरी झार्ने (तिन पटक सम्म फलाकी) सकेपछि जाड एक एक घुट्काको दरले खुवाइ पालैपालो
गरी खुवाउने गर्दछन् ।
त्यसपछि खर्च अनुसार तिहारमा पुनः मृतकको नाममा कुहेरले फुलौ घरमा राख्ने
भनि आफ्नो चेलीहरुलाई बोलाउँछन् । त्यसदिन भात राख्ने दिनमा भात राख्न जाने भनी कृयामा
र तिहारको फुलौमा महिलाहरु भोकै बस्दछन् । भात राख्न बोतलमा जाड या रक्सी र चामल एक
माना लिई सिधाको रुपमा ल्याउंछन् र उनीहरु पित्रमा भात राख्दछन् त्यसपछि
मात्र खाना खाने गर्दछन् ।
तिहारमा गर्नुपर्ने कामहरु
जब तिहार आउछ, मृत्यु परेको घरको मान्छेले मृतकको नाममा तीन प्रकारले
काम गर्दछन् । जस्तैः एक खालको घाटमा (खोलामा) तिहारको अन्तिम दिनमा सवै विधिपूर्वक
गर्ने काम हुन्छ भने अर्को प्रकार भनेको घरैमा पृत को नाममा राख्ने पित्र हो । यो
पनि दुई प्रकारको हुन्छ । जस्तैः एक थरिको तिहारको औशिको दिन शुरु गरी ३ दिन ३ पटक
सम्म विधिपूर्वक गर्नु पर्ने कार्य हो ।
चित्र १ । मृतकको सम्झनामा आफन्त तथा गाउंले हरु तर्पण दिदैे को अवस्था ।
अर्कोचाँहीतिहारको औँशि देखि शुरु गर्दछन् । यो पहिलो
औँशि दिनमा अमौसामा गर्ने । त्यस घरमा मृतकको नाममा अमौषा भात पित्र सहित) त्यस घरको
महिलाले र गाउँले निहरुले भोकै बसी भात राख्ने गर्दछन् । भात राखि सकेपछि बल्ल सबै
महिलाहरु खाने गर्दछन् ।
यसैगरी त्यस औँशिको एकहप्ता पछि बड्किभात भन्ने सानो तिहार हुन्छ त्यस
दिनमा पनि सबै गाउँको महिलाहरु त्यस घरको चेलीहरुले भात राख्ने गर्दछन् । अब तिहारे
औसिमा भने मृतकको घरमा ठूलो फुलौ राख्दछन् । त्यस दिनमा पनि गाउँको महिलाहरु त्यस घरको
चेलीहरु र मृतकको घरको उमेर पुगेका महिलाहरुले दिन भरी भोकै बसी साँझ फुलौमा भात
राखी हात धोएपछि दाहिने देवे्रको जम्जुरा (चामल) दुवै हातले मृतकको नाममा चढाई दिन्छन्
र आफुले खाना खान जान्छन् । त्यसपछि नाचगान गर्दछन् ।
जब त्यस दिन देखि नाचगान शुरु हुन्छ (भोली पल्ट) दोस्रो दिनको राति २
बजेतिर फेरी किरेहर्नी त्यस घरको चेलीहरु घरको सबै महिलाहरुले पुनः भात राखी बालेको
पाला पनि फर्काउछन् ।
चलनचल्ति गीत शुरुबाट गर्दछन् । यस्ता गीत विभिन्न प्रकारका दुःखितहरु समय
अनुसार गाउने गर्दछन् । बासुरी बजाई नाचगान फुलौ घाटमा चलन नहुन्जेल छिनछिनमा गीतभाषा मेदै नाचगान गर्दछन् ।
जब फुलौ घाटमा चलान गर्दछन् आधी बाटोमा फुलौमा पानी राख्ने भनी घाट नजाने
महिला वा पुरुषलाई बोलाउने गीत गाउँछन् र पानी जाँड राख्ने गर्दछन् । फुलौ घाटमा
चलान गर्नु भन्दा अघि दुईजना कन्य केटीहरु सन्देशहरी नाममा खटाई दिन्छन् । घाटमा
सन्देशहरीले जनै काम पनि बताउँछन् । घाटमा पुगेपछि फेरी गीत फेरिन्छ । त्यस बेलामा
सन्देशहरीले खुवाउने कुराहरु खुवाउँछन र त्यही अनुसार गीत गाउँछन् ।
चित्र नं. २ तिहारमा घर सिंगार तथा नाचगानमा तल्लीन हुंदैको अवस्था ।
सेलाएको भोली पल्ट दिनमा मृतुको परिवारलाई फुलपाती खोस्रिने चलन छ ।
सेलाएको अर्को दिन दिउँसोको २, ३ बजेतिर सबै घर–घरमा बारीमा पूmलहरु
टिपि त्यस घरको जुवाई चेलाहरु जम्मा पार्दछन् । जब बेलुकाको ६, ७ बजेतिर गाउँका मान्छेहरु जम्मा हुन्न् र
मृतको परिवारलाई लाइन लगाई बसाल्न लगाउँछन् । त्यस घरको श्रीमती विधुवा भएको छ भने
जुन गाउँलेली महिलाले मरेको दिनमा चुरा फुटालेको छ त्यही महिलाले फेरी विधुवालाई
नया अन्य रंगका कपडा लगाई दिन्छन् र लाइनमा बसालिदिन्छन् । त्यसपछि गाउँका पुरुषहरु
महिलाहरु सबैले गीत गाउँदै मृतको परिवार हरुलाई फुल लगाइदिन्छन् । त्यसबेलाको गित यो
हो । जस्तैः–
लाइमा दिया हो हो हौ बेलै पातीफुलवा २
लाइमा दियाहो हो हौ सयपत्री फुलवा २
लाइमा दिया हो हो हौ सुन्तलाकी फुलवा २
यसै गरी विभिन्न जातका फुल लगाई छोराहरुलाई टोपी वा रुमाल दिने र छोरीहरुलाई
टिका फुलपोते लगाई दिई अति उत्साहित साथमा रमाइलो गर्दै फुलहरु सिध्याउँछन् र सबै
मृतको परिवारलाई खाजा खुवाउने गरिन्छ र सबै कामको को अन्त हुन्छ ।
कृष्ण अष्टमी वा तीज
अबकृष्ण अष्टमी वा तीजमा सबैभन्दा पहिलो गीत वा प्राथना गीतको रुपमा भनिन्छ ।
जस्तै
भगवान महादेवको प्रार्थना गीत
चारै कुना चारै दिशा नेबतल बर्तहर्नि आयो हो सब बैठे इसरी महादेव
कालु हिक नेवतल बर्तहर्नि आओ सब बैठे इसरी महादेव
चालु माचलु इसरी महादेव पिरिका जे काट वै इसरी महादेव
कौन वन जै वे महादेव कौन काठ कटवर महादेव पान्दनकि काठ
काँधैले व टाँगिया हाथमा ले व वसिला तरबार चलु महादेव इसरी महादेव
चित्र नं. ३ तीजमा दरै महिलाहरुले
भित्तामा महादेवको आकृति बनाई भगवान महादेवको आराधना गर्दै तिजको गीत गाउछन् ।
आदि थुप्रै प्राथना गरिन्थ्यो । त्यसपछि फुलपाती अछीता वक्ति सबै लिएर
पनि अर्को प्राथना नै गरिन्छ । जस्तै भगवान महादेव को नै आराधनामा यो भनिन्छ ।
झरेउ परेउ फुलवा महादेवले लाउदैन कैसे मा गरी
पुजौला बाबै महादेव को थान
थालै भरी अछिता अछितामा माथि रुपैया
कैसेमा गरी पुजौ लाबाबै महादेवको थान
धन्यबाद !

Post a Comment