कान्तिपुर दैनिककाँ प्रकाशित भैल दरै सम्वन्धि यस्न लेख ! पढिकेहखार्इ


कान्तिपुर दैनिक (online संस्करण) काँ प्रकाशित भैल माधव अर्याललेर्इ लेख्ल दरैहरूक बारेक लेख कस्न लाग्ल पढिके हखार्इ जस्नक तस्नैः
‘हाम्रो जातको पनि भाषा, संस्कृति आफ्नै छ भन्छन्,’ उनले भने, ‘तर हामीलाई थाहा छैन।’ उनी रामपुरमा रहेका दरैमध्ये पुरुषतर्फ जेठा हुन् । उनलाई कसैले पनि आफ्नो जातका विषयमा जानकारी दिएनन् । महिलातर्फ भने ७३ वर्षीया कान्तिमाया दरै जेठी हुन्। उनले पनि भाषा र संस्कृतिको विषयमा जानकारी नभएको बताइन् । कोही कसैले सिकाउन नआएपछि अहिले ब्राह्मण र मगरको संस्कारमै हुर्के बढेको उनी बताउँछिन् । ‘हाम्रा विषयमा जानकारी गराउन कोही आएन,’ उनले भनिन्, ‘त्यही भएर थाहा छैन केही पनि ।’ यहाँका दरै जातिले आफ्नो भाषाको ज्ञान र संरक्षण नहुँदा समुदायबाट नै विस्थापित हुन थालेको छ । दरैको ‘दरै कुरा’ आफ्नै भाषा हो । यो भाषा उनीहरूले मात्रै बोल्ने गर्छन् ।जिल्लामा लोपोन्मुख अवस्थामा रहेका दरै समुदायका व्यक्ति आफैंले आफ्नो भाषाको पहिचान र संरक्षण गर्न सकेका छैनन् । स्थानीय अगुवा छमबहादुर दरैका अनुसार त्यसैले पनि दरै समुदायबाट नै यो भाषा लोप हुने अवस्थामा पुगेको छ । रामपुर नगरपालिकाको बेझाडबजार नजिकै जिल्लाकै एक मात्र दरै बस्ती छ । दरै समुदाय यहाँ वर्षौंदेखि बसोबास गर्दै आएका हुन् । 
‘हाम्रो हजुरबुबालाई समेत भाषाको ज्ञान भएन,’ उनले भने, ‘आफ्नै समुदायलाई आफ्नो भाषा तथा लिपिबारे जानकारी हुन सकेको छैन ।’जन्मैदेखि दरै समुदायले बोल्ने भाषाका सम्बन्धमा उनीहरूलाई थाहा छैन । जन्मिएपछि नै खस भाषा सुनेको र त्यही बोलिँदै आएको उनले बताए । यहाँका दरै अहिलेसम्म सरकारी जागिरे छैनन् । उनीहरूकै पण्डित भए पनि ब्राह्मण पण्डित राखेका छन् । मागी र भागी दुवै विवाह यो समुदायमा चल्छ । रामपुरमा ३० परिवार बसोबास गर्छन् । जिल्लाकै मदनपोखराको कोकलगाउँबाट ७ पुस्ताअघि रामपुर गएर कर्मथलो बनाएको स्थानीय बूढापाकाले सुनाए । समाजमा नेपाली भाषाको वर्चस्व बढदै जाँदा दरै जातिको भाषा नै लोप भएको दरै समाज रामपुरका अध्यक्ष छमबहादुरले बताए । 
लिपिअनुसारका भाषा सबैले बोलीचालीको माध्यमबाट प्रयोग गरे भाषाले जीवन्तता पाउने उनको भनाइ छ। ‘मातृभाषालाई चलनचल्तीको प्रयोगमा नल्याउनु नै समुदायबाट दरै जातिको भाषा हराउँदै गएको हो,’ उनले भने । समाजका उपाध्यक्ष भरत दरैका अनुसार कोकलबाट यहाँ बसाइँ आउनेमध्येको छैटौं पुस्ताका रूपमा रहेका छन् । यहाँ हुने कसैलाई पनि दरै भाषाबारे ज्ञान नभएको उनले बताए । समुदायको एक शिक्षित र अगुवा व्यक्ति छमबहादुर मात्रै हुन् । उनी अघिका पुस्ताले एसएलसीसम्म अध्ययन गरेनन् । यो समुदायको मुख्य पेसा माछा मार्ने, जाल बुन्ने, खेती किसानी गर्ने नै हो ।आफ्नो भाषालाई महत्त्व नदिनुका साथै चेतनाको विकास अभावमा पुर्खादेखि नै बचाउन नसक्दा अहिले पछुतो लागेको नेपाल दरै उत्थान महिला समूह रामपुरकी अध्यक्ष टकमायाले बताइन् । 
‘पहिले समुदायमा शिक्षा नहुँदा भाषा जोगाउन सकिएन,’ उनले भनिन्, ‘अहिले सबैले शिक्षा आर्जन गरेका छन् तर समयको लामो अन्तरालले भाषा जोगाउन नसक्दा समुदायबाटै विस्थापित हुँदैछ ।’ समुदायमा शिक्षाको विकास हुँदै जाँदा उक्त भाषाको संरक्षणमा चासो बढ्न थालेको समाजका सचिव विष्णु दरैले बताए । दरैको भाषा मात्र होइन उनीहरूको पुख्र्यौली पेसा पनि लोप भइसकेको छ । दरै समुदायको पहिचानका रूपमा रहेको माछा मार्ने पेसा अहिले यहाँबाट हटिसकेको छ । पहिले–पहिले नदी, खोलाका किनारमा माछा मारेर जीवन गुजारा गर्दै आएका थिए । अहिले यो पेसा पूर्णरूपमा समुदायबाटै हराइसकेको छ । भाषा संरक्षणका लागि कुनै पनि निकायबाट अहिलेसम्म पहल नभएको उनीहरू बताउँछन् । दरै जाति नेपालको आदिवासी हो । यो समुदाय अझैसम्म सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक अवस्थामा पछि रहेको सचिव विष्णुले बताए । राज्यले अहिलेसम्म हरेक कुरामा उपेछित, अपहेलित र पाखा पारिराखेको आदिवासी जानजातिभित्रको सीमान्तकृत समूहमा पर्ने दरै नै रहेको उनले बताए । यो ५९ आदिवासीमध्ये अल्पसंख्यक सीमान्तकृत समूहमा पर्छ । 
०५८ सालको जनगणनाअनुसार चितवन, तनहुँ, नवलपरासी, पाल्पा, गोरखा, धादिङ, रूपन्देही, मकवानपुरलगायत जिल्लामा दरैको बसोबास छ । जनगणनाअनुसार यो जातिको संख्या १४ हजार ८ सय ५९ रहेको छ । केन्द्रमा नेपाल दरै उत्थान समाज पनि छ तर यसले पनि खासै कार्यक्रम नगरेको स्थानीयको गुनासो छ । अगुवा छमबहादुरका अनुसार छिटफुट रूपमा बाहेक अझै दरैबारे राम्ररी अध्ययन हुनसकेको छैन । दरैलाई भारोपेली भाषा परिवारका रूपमा मानिन्छ ।
यो लेख कान्तिपुर दैनिक कै वेवसार्इटञाँ पढिके लागि यिछी क्लिक करिके हखार्इः


कस्न लाग्ल, तेउर विचार क्या बाटै, हेंठ कमेन्ट करिके हखार्इ.... 

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget