लकडाउन क अवस्थाकाँ फस्टाते अइल यो ZOOM मिटिङ्ग यखेन सबै क सजिलो माध्यम भैल बाटै । यो एप माँटे अनलाइन काँ मिटिङ करिके, कक्षा संचालन करिके सजिलो भैल बाटै । यही एप् क माध्यम माँटे दरै भ्वाइस क सञ्चालक राजकुमार दरै र्इँ मिटिङ सुरू करिके भैल र दरै मिडिया हाउस क सहकार्यकाँ लाइभ प्रशारण भैते अइल बाटै ।
मिटिङ्ग दरै मिडिया हाउस क युट्युब च्यानल र फेसबुक पेज माँटे प्रत्यक्ष प्रशारण भइथिन् अइल बाटै । फेसबुक क लाइभ भिडियो माँटे सबै पट्टि सैं राम्रो काम कर्ल कहिपनि धन्यवाद र स्यावासी बटुरीके सफल भइल बाटत् । तर गुनासो र असन्तुष्टि पनि देखिल पाउथाइर् । खास करिकुन नवलपरासी क दरैहरूर्इँ ओनेन के वेवास्ता कर्ल, हाम्रा के नसमेटिन जे कार्यक्रम कर्ने नि अपुरै भइत कहि पनि गुनासो कर्ल बाटत् ।
>यो मिटिङक तेस्रो भाग क फेसबुक लाइभ क कमेन्टका अइल कमेन्ट हो यो ।>
खोइ यो अनलाइन मीटिंग कुन कुन ठाउँ को दरै को लागि हो। सदै चितवन पाल्पा तनहुँ को दरै लाई मात्र था हुन्छ। हामी नवलपरासी को दरै दरै होइन र। हामी नवलपरासी को दरै लाई नि के के कुरो हुन्छ दरै हरु को छलफल मा त्यो था हुनु पर्यो नि। हामी नवलपरासी को दरै लाई वास्तै गर्देन किन हो यस्तो । दरै को संगठा भए क त सबै ठाउँ को दरै लाई समेटे र भन्नु परो । हामी नवापरसी को दरै लाई हेर्दै नहिर्नी किन हो । )
हाय दरै जुटी पनि आघु बढ्लार अवस्थाका यो कमेन्ट चाहाते हजुरहरू के कस्न लाग्ल? साच्चै न चितवन र तनहुँ क दरैके मत्रै लक्षित हो याे कार्यक्रम ? साच्चै हो कने किसे कर्ल यस्न पक्षपात हेट कमेन्ट करीके नाछुटाइके हखाइ ।
उसे मिटिङ्ग क भिडियोः



Post a Comment