माेत कहल बितिकै सबैके थाहा भैत कि दरै जातक नाभइ नाभैलार एक्टा पदार्थ हाे । याे हायँ सबैक घरकाँ भैत र बिशेष करिम मर्ते पर्ते पूजाअाजाकाँ बरु धुप नाभैने नाैनी हाली पनि चलित तर माेत नाभैने हाँर काेलु पनि काम अाघु नाबढइ । असिनक माेत हाँर घरकाँ ना खैने पनि बानाइ पनि राख्ल भैत । पाहुनो अइल कने सबै कते पहिला माेत दि पनि स्वागत कर्लार चलन बाटै । मासु र भात खाइके देल कते पनि माेत खाइके देल धेरइ इज्जत भइत । इख्र मतलब माेत खाइके परित कल हैन, ना खैने धेरै राम्र। खैलार हाे कने कत्का खैलार हाे बिचार करिपनि खाइके परिनै कने मिलाइ पनि खाइके सक्ल कने त बिष पनि अमृत भैत् ।
अाए कुरा एेल हाँर र्इतिहासकः पहिला पहिला नेपालका अाैलाै, ज्वराे लाग्ने मान्छेक जेन जइते रही । सबैनी डाराइ पनि डाँडा पाखाका बस्ल । दरै चाहीँ यही माेतेइ करते बेसीका बस्ल रहत । अनि अाैलाै उन्मुलन भैसकने पाछी डाडामाँटे बेसीका एेल सबै जेना । यही भैते दरै कते बेसीका अरु जात बस्लबाटै । एखेन पनि डाडा का पुरान घरहरु देख्थार्इर, भत्कल घरबाटै । अाैलाै के जितलार अमृत हाे याे माेत मिलाइ पनि खाइके सक्ने । हार बानी के भइल कने पाउने एक कुँडा पनि सक्लार नापाउने चुप लागीम बस्लार यस्न खावाइ चाही हाराके नाेक्सानी नै करित । अख्न गाेडका टाङ्गी हान्लार काम चाही नाकरीके ।


Post a Comment